काठमाडौँ । अहिले काठमाडौँ उपत्यकामा भारी वर्षा भइरहेको छ ।
Advertisement
जल तथा मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरूमा बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
‘काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकाले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ ।