काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।