काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरले अवैध संरचना हटाउन डोजर चलाउँदै आएको छ । महानगरले सञ्चय कोषको भवनसहित ठूला भवनमा डोजर चलाएर अवैध संरचना भत्काएको हो ।
Advertisement
आज भने महानगरले असन-इन्द्रचोकमा बनेको अवैध संरचना भत्काएको छ । साँघुरो गल्ली‚ मान्छेको भीडले डोजर असन–इन्द्रचोकमा छिर्न नसकेपछि महानगरका कर्मचारी र प्रहरीले खन्ती‚ घन चलाएको छ ।
महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरू नियन्त्रणमा लिएको छ । महानगरले भत्काउन थालेपछि व्यवसायीले विरोध गरेका छन् ।