काठमाडौँ । स्याङजाको हरिनास गाँउपालिका ३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका ६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका ४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकाश साह रहेका छन् ।
हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।