काठमाडौँ । म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएकी छन् ।
Advertisement
रघुगङ्गा गाउँपालिका २ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका ८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाएकी थिइन् । उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाएकी हुन् ।
पर्वतको जलजला गाउँपालिका २ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए ।
सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।