काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य वृद्धि भएको छ । साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको हो ।
Advertisement
महासंघका अनुसार आज मंगलबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको हो । योसँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।