• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

समाचार प्रभाव : अतिक्रमित ४०० वर्ष पुरानो गढीमा सरोकारवालाको स्थलगत निरीक्षण


सोमबार, भदौ २०, २०७९ मा प्रकाशित

चतरा- अतिक्रमणमा परेको सुनसरीको बराहक्षेत्र-१ स्थित भवानी स्थान गढीको वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीले स्थलगत अनुगमन गरेका छन्।

Advertisement

चार सय वर्ष पुरानो मानिएको गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको समाचार नेपाली हेडलाइनमा प्रकाशित भएपछि सब-डिभिजन वन कार्यालय र बराहक्षेत्र-१ वडा कार्यालयको ध्यानाकर्षण भएको हो।

सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदलबारीस्थित लालकोट रंगमहल दरबार र दरबारको रक्षार्थ स्थापना गरिएको ‘लालकोट गढी’ (भवानी थान) अतिक्रमण हुँदै गएको समाचार नेपाली हेडलाइनमा प्रकाशित भएको थियो।

सुनसरीको सबैभन्दा अग्लो ठाउँ (९१४ मिटर) उचाइमा रहेको गढी आसपासमा रहेका रुखहरू कटान गरिएको छ। जंगलबीचमा रहेको गढी क्षेत्रमा व्यक्तिगत होटल सञ्चालन गर्ने मनशायले रुखहरू काटिएको स्रोतको दाबी छ। उक्त क्षेत्रमा ऐलानी जग्गा पनि किनबेच भएको बताइएको छ। स्थानीय बासिन्दालाई समेत प्रभावमा पारेर जंगललाई खारेर साहसिक पर्यटनका लागि व्यक्तिगत लगानी गर्ने मनसाय रहेको स्रोतको दाबी छ। स्थानीय भवानी स्थान संरक्षण समितिलाई समेत प्रभावमा पारी जंगल फडानी गरिएको स्थानीयवासीले बताएका छन्। फडानी भएको क्षेत्रमा गढीको भग्नावशेष देख्न सकिन्छ।

सोमबार बराहक्षेत्र-१ का वडाध्यक्ष किसन मगर, वडा सचिव लक्ष्मण पौडेल, कर्मचारी गोपाल तामाङ, सब-डिभिजन वन कार्यालयका रेन्जर शिशुराज झा र वनरक्षकहरू उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेका थिए।

४०० वर्ष पुरानो गढी अतिक्रमण

अनुसन्धानपछि कानूनी कारवाही अघि बढाइने रेन्जर झाले जानकारी दिए। फडानी गरिएका र खाली वन क्षेत्रमा वृक्षरोपण गरिने उनले बताए। गढीको संरक्षण गर्नका लागि पहल गरिने वडाध्यक्ष किसन मगरले बताए।

राजा लोहाङसेनको अवसानपछि हरिहरसेनले यो क्षेत्रमा तीव्र विकास गरेको ऐतिहासिक दस्तावेजमा उल्लेख छ। सो तथ्य साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’मा सेनहरूद्वारा पूर्वी राज्य विस्तार गरिएका सन्दर्भहरू उल्लेख छन्। लोहाङ सेनका नाति हरिहर सेनले आफूलाई ‘हिन्दूपति’ घोषणा गरेका ऐतिहासिक प्रमाण भेटिन्छन्। र, उनको दरबारको भग्नावशेष अझै देख्न सकिन्छ।

अवैध रूपमा कटान गरिएका दरबार क्षेत्रका रुख

सो क्षेत्रलाई स्थानीय बासिन्दाले हिन्दूपति राजाको दरबार भन्ने गरेका छन् भने भवानी स्थान गढी स्थापना गरेको ऐतिहासिक तथ्य छ। इमानसिंह चेम्जोङद्वारा लिखित ‘विजयपुरको संक्षिप्त इतिहास, २०५९’मा समेत यहाँका प्रसंगहरू उल्लेख गरिएको छ। यस्तै, ज्ञानमणि नेपालद्वारा लिखित ०५५ सालमा प्रकाशित ‘नेपाल निरुपण’मा समेत यहाँका तथ्य उल्लेख भएको स्थानीय अध्येता नवराज विष्ट बताउँछन्।

साविक बराहक्षेत्र गाविस वडा नम्बर ८ र ९ को सामुदायिक वनको सीमा विवादका कारण भवानी थान मन्दिर संरक्षण समिति मातहत राखिएको सो क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन। स्थानीय सरकारले पनि ऐतिहासिक दरबार, किल्ला र गढीको संरक्षणमा चासो देखाएको छैन।

कार्यान्वयन भएन भूउपयोग नियमावली

‘नेपाल सरकारको भूउपयोग ऐन, २०७६’ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी २३ जेठ ०७९ देखि लागू हुने गरी भूउपयोग नियमावली, २०७९ जारी भएको छ। स्थानीय सरकारलाई भूउपयोग क्षेत्र वर्गीकरण गर्न निर्देशन भएको छ। तर, स्थानीय सरकारले काम भने शुरु गर्न सकेका छैनन्। स्थानीय सरकारले १० वटा विभिन्न क्षेत्र निर्धारण गर्नुपर्छ, जसमध्ये एउटा सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र पनि पर्छ।

सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.