काठमाडौँ । सुत्केरी बेथा लागेको चार दिनपछि उद्धार भएको छ । सुत्केरी बेथा लागेर बच्चालाई जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका ८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको हो ।
Advertisement
ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाई बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।
लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले जानकारी दिए ।