काठमाडौँ । गत साताको तुलनामा यो साता सुनको मूल्य २८ सय रुपैयाँ घटेको छ । सातामा एक दिन सुनको मूल्य वृद्धि हुँदा पाँच दिन गिरावट आएको हो ।
Advertisement
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ, सोमबार प्रतितोला ६०० रुपैयाँ, बुधबार प्रतितोला ८०० रुपैयाँ, बिहीबार प्रतितोला ९०० रुपैयाँ र शुक्रबार प्रतितोला १०० रुपैयाँले घटेको थियो ।
यस्तै, मंगलबार एक दिन भने सामान्य वृद्धि भएको थियो । मंगलबार सुनको मूल्य प्रतितोला ३०० सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पछिल्लो दिन शुक्रबार ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य बढेको थियो । जसअनुसार साताको अन्तिम दिन चाँदीको ११ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।