• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई असहाय गाईबाच्छा मुक्त गरिने


    Avatar photo
शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

काठमाडाैं : राजधानीको उत्तरपूर्वी भेगका कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकालाई असहाय गाईबाच्छा मुक्त गरिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन्।

Advertisement

कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न दिएको रु २३ लाख आर्थिक सहयोगबाट खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा दुवै नगरपालिकाका नगर प्रमुखलगायत जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन।

कार्यक्रममा कागेश्वरीका नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानलाई आवश्यक सबै सहयोग गरिने प्रतिबद्धता जनाए। उनले नगर क्षेत्रमा गाईबाच्छा खुला छोड्नेलाई कारबाही गर्ने नियम, कानून बनाइने बताए। गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गाईलाई गौमाताका रुपमा पुज्ने अनि तिनका बाच्छालाई खुला ठाउँमा छोड्नु गलत भएकाले कारबाहीका लागि आवश्यक कानून निर्माणमा लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनीलगायतले असहाय गाईबाच्छा छोड्न नदिन सरोकार भएका सबै निकायसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले सडक, मठ मन्दिर क्षेत्र र वाग्मती एवं मनोहरा नदी किनारमा छोडिएका दुई सय नौ गाईबाच्छालाई संरक्षण गरिएको जानकारी दिए। सडक, मठमन्दिर एवं सार्वजनिक स्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्सले मद्दत पुग्ने उनको भनाइ थियो। अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ।

एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताए। यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ। लक्ष्मीमाताका रुपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो।

सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशिल असहाय गाईबाछा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय नौ वटा गाईबाच्छाले संरक्षण पाइरहेका छन। अभियान अन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ। स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ। समर्थन स्वरुप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ। एम्बुलेन्सको आगमनसंगै अभियानमा नयाँ आयाम थपिने भएको छ।

एम्बुलेन्स प्राप्त भएसँगै अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि प्रयोग गरिने भएको छ। अभियानका लागि नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ। कोषको गुरुयोजना अनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ। कति मानिसले भने असहाय गाईबाच्छा संरक्षण स्थलसम्म लगेर पनि सहयोग गर्ने गरेका छन्।

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.