ताइपेई- अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले अचानक ताइवान भ्रमण गरेर चीन र ताइवानबीचको तनाव ह्वात्तै बढाइदिइन्। अब यी दुईबीच युद्धको सम्भावना पनि अमेरिका आफैंले बढाइदिएको छ।
Advertisement
त्यसैको प्रयासस्वरूपमा अमेरिकाले ४.५ करोड डलरबराबरको हतियार ताइवानलाई दिन लागेको छ। ‘ताइपेई टाइम्स’का अनुसार गोला–बारुद, अपाचे र ब्ल्याकहक हेलिकोप्टरलगायत सैन्य सामग्री खरिदका लागि अमेरिका र ताइवानबीच सम्झौता भएको छ।
डिसेम्बर २०२८ सम्म उक्त सम्झौता कायम रहने चिनियाँ भाषाको अखबार ‘लिबर्टी टाइम्स’ले उल्लेख गरेको छ। ताइवान आसपासको क्षेत्रमा बढ्दो चिनियाँ सैन्य अभ्यासलाई मध्यनजर गर्दै उक्त सम्झौता भएको ताइवानी अधिकारीहरूले जनाएका छन्।