काठमाडौँ । नेकपा एमालेले आगामी संघ र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन पाँचवटा मापदण्ड बनाएको छ । शनिबार सम्पन्न भएको पार्टीको केन्द्रीय समिति बैठकले उम्मेदवारको सिफारिस गर्न निर्देशन दिँदै मापदण्ड बनाएको हो ।
Advertisement
जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको, लोकप्रियता र विजयको सुनिश्चितता भएको, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान दिएको, सन्तुलन र समावेशीता मिलेको र निर्वाचन कानुन बमोजिमको योग्यता भएको हुनु पर्ने मापदण्ड बैठकले तय गरेको हो ।
बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार त्यसरी सिफारिस गर्दा एक महिलासहित समेटिएको हुनु पर्ने छ ।