भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीबीच एकता र सहकार्यको आह्वान गरेका छन् ।
Advertisement
एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एकता सक्कली हुनु पर्ने बताए । उनले एकताको नाममा अल्मलिने भूल चाहिँ एमालेले नगर्ने प्रष्टाएका छन् ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो बैठक बसेको थियो । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन् ।