काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्।
Advertisement
शुक्रबार दिउँसो चक्कर लाग्ने र वाकवाक आउने समस्या देखिएपछि स्वास्थ्यमन्त्री खापुङलाई वीर अस्पताल लगिएको हो। मन्त्रीको सबै रिपोर्ट सामान्य रहेको वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले बताए।
उनले भने, ‘उहाँमा ‘मेनियर्स डिजिज’को शंका लागेकाले हामीले एमआरआई गर्दैछौँ। अन्य रिपोर्टहरु सामान्य छन्।’