काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली गृह जिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन उनी झापा पुगेका हुन् ।
Advertisement
यसैबीच आजै आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्य सूची छ । नागरिकता विधेयक पारित गर्ने कार्य सूची सार्वजनिक भएसँगै उनी झापा पुगेका हुन् ।
केही दिनअघि उनी तीन दिनका लागि झापा पुगेका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी गर्न उनी गृह जिल्ला जाने गरेका छन् ।