काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या देखिएपछि उनलाई बुधबार साँझ मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
Advertisement
उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया पुगेकी थिइन् । सोमबार काठमाडौं फर्किएकी उनी बुधबार अस्पताल भर्ना भएकी हुन् ।