काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा काठमाडौँ ८ बाट सुमन सायमीले उम्मेदवारी दिने भएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका हुन् ।
Advertisement
उनले आफू प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । काठमाडौँको नेवा भाषा, संस्कृति र यहाँका रैथानेको भूमि संरक्षणसम्बन्धी मुद्दामा आन्दोलन गर्दै आएका उनी निर्वाचनमा उम्मेदवार बन्ने भएका हुन् ।
गत वैशाख ३० गते भएको स्थानीय चुनावमा उनले काठमाडौँ महानगरको मेयर उम्मेदवारी दिएका थिए । यस क्रममा उनी पराजित भएका थिए ।