श्रीनगर- भारतको जम्मूमा एकै परिवारका ६ जनाको शव फेला परेको छ।
Advertisement
प्रहरीका अनुसार सकिना बेगम, उनकी दुई छोरी नसिमा अख्तर र रुबिना बानो, छोरा जफर सलिम र अन्य दुई नातेदार नूर उल हबिब र सज्जाद अहमदको शव बरामद भएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार सबै शव सिद्धरा नामक ठाउँमा फेला परेका हुन्। शवलाई स्थानीय मेडिकल कलेजमा पोस्टमार्टमका लागि पठाइएको छ।
दुईवटा शव एउटा घरमा र बाँकी चार शव अर्को घरमा फेला परेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।