काठमाडौँ । बुटवलको एक होटलमा धादिङका पुरुष र दाङकी महिला मृत फेला परेका छन् । कारीकोट होटलको कोठामा उनीहरू मृत फेला परेका हुन् ।
Advertisement
होटलको कोठा नम्बर १३४ मा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सीताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । युवती पलगमा र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
महिलाको हत्या गरेर पुरुषले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । आइतबार राति होटलमा बस्न आएका उनीहरू सोमबार बिहान मृत फेला परेका हुन् । उनीहरूको आज पहिचान खुलेको हो ।