काठमाडौँ । सरकारले मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा आगामी ५ गतेसम्म तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरिएको हो ।
Advertisement
तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितको गुनासो आएपछि मिटरब्याजको जालो फैलिएको हुन सक्ने भन्दै गृह मन्त्रालयले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।
मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको बिचल्ली भएका समाचारहरू सार्वजनिक भएसँगै सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । कार्यदल गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।
