काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने बैठकमा बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमाथि छलफल हुने भएको हो ।
गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । कांग्रेसमा सिट बाँडफाँट विषय निकै पेचिलो बनेको छ ।
प्रत्यक्ष निर्वाचनको एक सय ६५ सिटमध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि दबाब छ । तर, गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनु पर्ने बताएको छ ।
सिट बाँडफाँटसम्बन्धी कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक बनेका छन् ।