काठमाडौँ । नागरिकतामा ‘कुकुर’, ‘कुकुर्नी’ जस्ता अपमानित नाम राख्ने कर्मचारीलाई कारबाहीको माग गरिएको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्न माग राखेकी हुन् ।
Advertisement
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संविधानमा दलितलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यी
विषयलाई गम्भीर रूपमा लिनु पर्ने बताउँदै सभामुखसँग ‘रुलिङ’ मागकी हुन् ।
‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदलाई लज्जित बनाएको छ,’ उनले भनिन्, ‘नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयले निलम्बन गरियोस्’ ।