• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

पनौतीमा ६ सय बङ्गुर मरे, झण्डै दुई करोडको क्षति

शनिबार, साउन २१, २०७९ मा प्रकाशित

काठमाडौँ । काभ्रेको पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणबाट ठूलो संख्यामा बंगुर मरेको छ । व्यावसायिक रुपमा फार्ममा पालिएका बंगुरमा गत सोमबार मात्रै उक्त संक्तमण पुष्टि भएको थियो ।

Advertisement

उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्रा.लि. र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्याएको हो ।

शाखा प्रमुख लिलाप्रसाद सापकोटाका अनुसार उक्त रोगले हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो ।

विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । “रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन हाम्रो टोलीले निसङ्क्रमणका विधि अपनाइरहेको छ”, उनले भने ।

शाखाप्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको छ । यस्तै, सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ ।

सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेको पनौतीमा पनि देखिएको हो ।

गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ । विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा आएको पहिलोपटक पुष्टि भएको हो ।

ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमासमेत उक्त रोग फेला परेको र त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बङ्गुर मरेका थिए ।

  • किसान
शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

भर्खरै

  • १.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • २.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ५.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ६.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ८.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.