काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल निकाल्ने भएको छ । चालू आर्थिक वर्षमा बैंकले दोस्रोपटक ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ । ट्रेजरी बिलको बिक्री भोलि (साउन १७ गते) हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि पाँच अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि पाँच अर्ब रुपैयाँ छुट्याएको छ ।
यसअघि २८ दिन र ९१ दिनका लागि कूल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याज दिएको थियो । यसपटक पनि सोही ब्याजदरमा ट्रेजरी बिलको माग हुने भएको छ ।
राष्ट्र बैंकले नै १४ प्रतिशतले ऋण उठाउन थालेपछि बैंक तथा वित्तीय संस्था दबाब परेको छ । हाल निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर अफर गरिरहेका छन्