कैलाली । जिल्लाको अत्तरियामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना भएको छ । घटना एक जना गम्भीर घाइते भएका छन्भ ने पाँच वटा गाई मरेका छन् ।
Advertisement
शनिबार नेपाल आयल निगमको इन्धन बोकेको ना ४ ख २६४० नम्बरको ट्याङकर अत्तरिया पहाड रोडमा दुर्घटना भएको हो ।
अत्तरिया तर्फ आउँदै गरेको ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिई पल्टिँएको थियो । पैदल यात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका १ का लोकेन्द्र धामी गम्भीर घाइते भएका छन् ।
घाइतेको अत्तरियास्थित पद्मा अस्पतालका उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल प्रहरीको नियन्त्रणमा छन् ।