काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट बागमती प्रदेशको प्रदेशसभामा रणबहादुर गुरुङ (रविन)ले दाबेदारी पेश गरेका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता गुरुङले प्रदेशसभा निर्वाचनमा लागि दाबेदारी पेश गर्ने भएका हुन् ।
माओवादी केन्द्र बागमती प्रदेशले सम्भावित उम्मेदवारलाई आफ्नो चुनावी रणनीति र दाबेदारीबारे तयारी गर्न निर्देशन दिएसँगै गुरुङले प्रदेशसभा सदस्यका लागि दाबेदारी पेश गर्ने भएका हुन् ।
आफ्नो उम्मेदवारी रहने विषयमा छलफल चलाउँदै आएका उनले पार्टीले आफूलाई प्रदेशसभामा सिफारिस गर्ने विश्वस व्यक्त गरे । ‘सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेसँगै मैले पनि राजनीतिलाई जनतासँग जोड्ने र एकपटक जनतामा परीक्षण हुन चाहेको छु,’ नेता गुरुङले भने, ‘पार्टीमा कसैले विमत्ति राख्ने काम वा विरोध गरेका छैनन्, मेरो दाबेदारी आम जनताको न्याय र समानताको पक्षमा नै रहन्छ ,’
पार्टीको भातृ संगठन वाइसीएलको केन्द्रीय सदस्य बनेका उनी माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य हुन् । यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ (क)का इञ्चार्ज हुन् ।