काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँ ल्याइएको राँगोलाई गोली प्रहार गरी मारिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा राँगोले आतंक मच्चाउन थालेपछि गोली हानिएको प्रहरीले जनाएको छ ।
Advertisement
आज बिहान साढे ७ बजेतिर राँगोलाई गोली हानिएको हो । थानकोट प्रहरीका अनुसार राँगो ट्रकबाट झार्ने क्रममा भागेको थियो ।
करिब तीन किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिरेको अवस्थामा राँगोलाई गोली हानिएको हो । प्रहरीका अनुसार राँगोले मानवीय क्षति भने पुर्याएको छैन ।