काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
Advertisement
योसँगै, सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । योसँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ ।