काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा रुपनी गाउँपालिका ६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स ४ प १३३४ नम्बरको मोटरसाइकलले पैदल यात्री मेहतालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।