काठमाडौँ । भारत र इंग्ल्याण्डबीचको तीन खेलको एक दिवसीय शृङ्खलाको पहिलो खेल मंगलबार सम्पन्न भयो । खेलमा भारतीय टोलीका कप्तान रोहित शर्माको छक्का प्रहार हुँदा बलले लागेर एक बालिका घाइते भएकी छन् ।
Advertisement
रोहितको छक्का प्रहारबाट ६ वर्षीया बालिका मीरा साल्वी घाइते भएकी हुन् । म्याच जितेपछि रोहितले मीरालाई भेटेर उनको स्वास्थ्य थाहा पाएका थिए । उनले ती बालिकालाई एउटा टेडी बियर र केही चकलेट उपहार दिएका थिए ।
भारतीय इनिङ्सको पाँचौँ ओभरमा रोहित स्ट्राइकमा थिए । इंग्ल्याण्डका लागि डेभिड विली बलिङ गर्दै थिए । ओभरको पहिलो र दोस्रो बलमा कुनै रन बन्न सकेन ।
तेस्रो बलमा सट पिच भयो । जसलाई रोहितले स्क्वायर लेग बाउन्ड्रीतिर प्रहार गरे । बलले स्ट्यान्डमा बसेकी मीरालाई लाग्न पुग्यो ।