काठमाडौँ । सत्ता गठबन्धनका दलहरूबीच उपसभामुख नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । २९ महिनादेखि खाली रहँदै आएको उपसभामुख कांग्रेसको भागमा परेको हो ।
Advertisement
सभामुखमा नेकपा माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेका छन् । उनले आगामी ३१ गते उपसभामुखको निर्वाचन हुने कार्य तालिका सार्वजनिक गरिसकेका छन् ।
०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त रहँदै आएको थियो ।