बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकाको प्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारको जित निश्चित भएको छ । पछिल्लो मत गणनाअनुसार मेयर र उपमेयरमा एमालेको जित निश्चित भएको हो ।
Advertisement
गणना हुन बाँकीभन्दा दुई गुणा बढी मतान्तरले एमालेका उम्मेदवार अगाडि रहेका छन् । अहिलेसम्म ८ हजार ६१७ गणना भएको छ ।
जसमा एमाले उम्मेदवार रामबहादुर खातीले ४,५५५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३,५९७ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमाले उम्मेदवार मायाकुमारी खड्काले ४,४८० मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार रिता शाहीको ३,६०० मत पाएका छन् ।
कूल ९ हजार ११७ मत खसेकोमा अब ५०० मत मात्र गन्न बाँकी रहेको छ ।