काठमाडौँ । बुढीगंगा नगरपालिकाको तीन वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेले वडा नम्बर १, १० र ९ मा विजयी हासिल गरेको हो ।
Advertisement
जारी मत गणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरूले अग्रता कायमै राखेको छ । अहिलेसम्म ३,६४८ मत गणना सकिएको छ ।
जसमा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,१७२ मत पाएकी छन् ।
नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ र उपमेयर रीता शाहीले १,२६२ मत पाएका छन् ।