काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । आज ३४.७१ अंकले घटेर एक हजार ९९२.६१ बिन्दुमा पुगेको हो ।
Advertisement
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.६१, फ्लोट इन्डेक्स २.५० र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२८ अंकले घटेको छ । आज दुई सय १७ कम्पनीका ३० लाख ६३ हजार चार सय ५३ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
जसमा एक अर्ब १६ करोड ८४ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जम्मा दुई घण्टा खुलेको कारोबारमा सबै उपसमूहको सूचकमा गिरावट आएको छ ।