उत्तराखण्ड- भारत नैनीताल नजिक नदीको धारमा कार खस्दा नौजनाको मृत्यु भएको छ।
Advertisement
उत्तराखण्डको नैनीताल जिल्लास्थित ढेला नदीमा बाढीका कारण तीव्र गतिमा बगिरहेको नदीमा कार खसेको हो। घटनामा पञ्जाबबाट गएका नौ पर्यटकको मृत्यु भएको हो। कारमा सवार एक जना घाइते भएका छन्।
नदीमा डुबेको कार निकाल्ने प्रयास जारी रहेको कुमाऊ रेन्जका डीआईजी निलेश आनन्द भारणले बताए।