काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । दुई दिनसम्म भारी अंकले गिरावट आएको सुनको मूल्य आज स्थिर भएको हो ।
Advertisement
अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य अघिल्लो दिनकै मूल्यअनुसार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँ कायम भएको छ ।