लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
Advertisement
यसअघि उनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए। सम्बोधनको शुरुमै जोनसनले दलको नेता चुन्ने प्रक्रिया आगामी साता शुरु हुने बताए।
र, दलको नयाँ नेता निर्वाचित नहुन्जेल आफू प्रधानमन्त्री रहने बताए। नयाँ नेतालाई आफ्नो भरपुर समर्थन रहने बताए।
प्रधानमन्त्री पद छाड्नु पर्दा आफू दुःखी भएको उनले बताए। २३ जुलाई २०१९ मा उनी प्रधानमन्त्री नियुक्त भएका थिए।