• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मिटरब्याजमा बुवाले तीन गुणा पैसा असुली र बलात्कार गरे, आरोपित छोराछोरी जेल पुगे


बिहिबार, असार २३, २०७९ मा प्रकाशित

सप्तरी । धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

Advertisement

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।

मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हालसम्म पक्राउ परेका छैनन् । रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ । आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको हो । पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो ।

पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायतविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिनाअघि उजुरी दिएका थिए ।

मिटरब्याजी रामदेवबाट १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका २ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको सिकारसमेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पीडितका अनुसार १० लाख ऋणको साहुकार रामदेवले ३२ लाख असुलेर यौनशोषणसमेत गरेका छन् ।

पीडितका अनुसार ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा रजिष्टरी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन् । रामपुर–जमुवाको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कठ्ठा, कित्ता नम्बर ४३ को सात कठ्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कठ्ठा सात धुर जग्गा साहुकार तेलीले फिर्ता नगरेको पीडितले बताए ।

पीडितका श्रीमान् रोजगारीका लागि १२ वर्षअघि मलेसिया गएका थिए । घर नजिकै जग्गा किन्ने विषयमा श्रीमानले सहमति दिएपछि साहुकार रामदेवसँग १० लाख ऋण लिएर पीडितले सात कठ्ठा ११ धुर जग्गा किनेका थिए । नयाँ किनेको जमिनसहित उनको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताए । ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले १० लाखको ३२ लाख असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताए । ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा बारम्बार बलात्कार गरेको पीडितले बताएका थिए ।

न्यायका लागि गत मंसिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताए । उनले मंसिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएका थिए ।

उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको थियो । न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनु भनेर प्रहरीका नाममा परमादेश गरेको थियो ।

गृह मन्त्रालायको निर्देशनपछि गम्भीर बनेको सप्तरी प्रहरीले मिटरब्याजी साहुकार तेलीले विपन्न नौ जना नागरिकमाथि ज्यादती गरेको घटना पत्ता लागेको जनाएको छ  । सप्तरीमा मिटरब्याजीबाट पीडित क्रमशः सार्वजनिक हुँदै गएको कारबाहीको उजुरी थपिँदै गएको छ ।

  • कार्यालय
  • बलात्कार
बिहिबार, असार २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

भर्खरै

  • १.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • २.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ३.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ४.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ५.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ६.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.