काठमाडौँ । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
खाँदादेवी गाउँपालिका १ स्थित लुभुघाटमा आज बिहान बस सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा दजर्नौ घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि धुलिखेल पठाइएको छ ।
बस रामेछापबाट काठमाडौँका लागि हिँडेको थियो । दुर्घटनाको कारण खुलिसकेको छैन ।