काठमाडौँ । रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । हिलेदेबीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement
घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । प्रहरीहरू दुर्घटनास्थलमा जाँदै छन् । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको थियो ।