काठमाडौँ । मोरङमा खाल्डोभित्र युवतीको शव फेला परेको छ । रतुवामाई नगरपालिका २ डोरियामा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको हो ।
Advertisement
प्रहरीका अनुसार करिब २५ वर्षीया युवतीको शव फेला परेको हो । शवको पहिचान हुन बाँकी रहेको छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।