काठमाडौँ । काठमाडौँको बबरमहलमा कार दुर्घटना भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
Advertisement
घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।
उनीहरूको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेमध्ये गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार अनियन्त्रित भई सडकमै पल्टिएको हो ।