काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीको मुटुको अप्रेसन गरिएको छ । उनको मुटुको अप्रेसन गरी पेसमेकर राखिएको हो ।
Advertisement
केसीलाई मुटुको चालमा समस्या देखिएपछि मंगलबार काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान उनको मुटुमा पेसमेकर राखिएको हो ।
उनका भाइ तथा कांग्रेस नेता जगदीश नरसिंह केसीका अनुसार केसीको मुटुमा अपरेशन गरी पेसमेकर राखिएको हो । अहिले उनको अवस्था समान्या रहेको उनले बताए ।