काठमाडौँ । नेपाल–भारत सीतामा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Advertisement
नेपाली युवतीहरूलाई भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जना लुटपाटमा परेका हुन् ।
घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको नेपाल प्रहरीले जनाएको छ । पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ ।