काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको निधन हुँदा गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिने निर्णय गरेको छ ।
Advertisement
उपाध्यक्ष सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।
गाउँपालिकाका सबै प्रतिनिधि तथा कर्मचारी त्यसतर्फ जानु पर्ने भएको जनाउँदै अध्यक्ष बरईले बिदा दिने निर्णय गरेका हुन् ।