काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर हुने भएको छ । दुई बैंकले मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
Advertisement
दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
मर्जर पश्चात् बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड राख्ने सहमति भएको छ । साथै सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् ।