काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही हुने भएको छ । पार्टीको अनुशासन आयोगले उनलाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन भएसँगै भूसाललाई कारबाही हुने भएको हो ।
Advertisement
मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयमा आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही गर्न योग्य भएको भन्दै टिप्पणी गर्दै आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।
आइतबार र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफरिस एजेण्डा बनेको थिएन । तर, आजको बैठकले भूसालमाथि कारबाही सिफारिस अनुमोदन गर्ने निर्णय गरेको हो ।
भूसालले एक टेलिभिजनमा अन्तर्वार्तामा दिँदै स्थानीय तह निर्वाचनमा पार्टी हारेकोमा अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिनु पर्ने बताएका थिए ।