काठमाडौँ । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान पुलबाट बस खस्दा मृत्यु भएका सबै ९ जनाको सनाखत भएको छ ।
लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खसेको थियो । खोलामा बस खस्दा बसमा सवार ९ जनाको मृत्यु भएको थियो ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका ८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा २ का ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास, बुटवल उपमहानगर ११ का ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल ६ का ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ६० वर्षका नागेन्द्र शर्मा, सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा ५का ३० वर्षका चन्दन यादव रहेका छन् ।
यस्तै, घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा
१, धनुषा, हंसपुर ३ का १८ वर्षका मुफिद मन्सुरी
२, बारा, जितपुर सिमरा १३ का १८ वर्षका रोहन चौधरी
३, बारा, सिमरा १३ का १८ वर्षका सतेन्द्र चौधरी
४, बारा, सिमरा १३ का १५ वर्षका बरुण चौधरी
५, सिराहा, सिराहा ९ का ३१ वर्षका राकेशकुमार दास
६, कपिलबस्तु, बाणगंगा ५ का २९ वर्षका तुलसीराम चौधरी
७, धनुषा, जनकपुर २२ का ३९ वर्षका बिनोद मुखिया
८, रुपन्देही, लुम्बिनी सांस्कृतिक ११ का २८ वर्षका रियाज जुल्लाह मुसलमान
९, रुपन्देही लुम्बिनी सांस्कृतिक ६ का १६ वर्षका सहेजाद मुसलमान
१०, रुपन्देही तिलोत्तमा ३ का ३६ वर्षका सुमन क्षेत्री, (चालक)
११, रुपन्देही लुम्बिनी सास्कृतिक ३ का २० वर्षका राजेश यादव
१२, रौतहट जिल्लाका २२ वर्षका वकिल दास
१३, भारत जनकपुरग्रामका २८ वर्षका गौरव सिंह
१४, झापा जिल्लाका ६० वर्षका जयाप्रसाद चापागाईं
१५, झापा जिल्लाका ५६ वर्षकी तुलसा चापागाईं
१६, भारत बस्ने वर्ष ३२ की सिता शर्मा
१७, भारत बस्ने वर्ष ५ की सन्दिपा शर्मा
१८, भारत बस्ने वर्ष ४ को यश शर्मा
१९, धनुषा जनकपुरका ३५ वर्षकी अञ्जली कामी
२०, रुपन्देही तिलोत्तमा ३ का २२ वर्षका बिपिन बस्याल
२१, रौतहट श्रीनगरका २२ वर्षका रामजनम दास
२२, धनुषा जनकपुरका २२ वर्षकी रिंकी यादव
२३, महोत्तरी जिल्लाका २९ वर्षका साबिर अन्सारी रहेका छन् ।