फ्रान्सले रुसको सट्टा संयुक्त अरब इमिरेट्सबाट तेल किन्न वार्ता गरिरहेको छ।
Advertisement
फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मेयरले आइतबार युरोपेली संघको प्रतिबन्धपछि रुसबाट कच्चा तेल खरिद गर्न बन्द गर्ने बताएका हुन्।
फ्रान्सेली अर्थमन्त्रीले युरोप-वान रेडियोलाई भनेका छन्, ‘संयुक्त अरब इमिरेट्ससँग वार्ता भइरहेको छ। हामीले रूसी तेलको विकल्प खोज्नुपर्छ।’