कडा प्रतिबन्धका बावजुद उत्तरकोरियाले आइतबार बिहानै आठवटा मिसाइल परीक्षण गरेको छ।
Advertisement
समाचार एजेन्सी रोयटर्सका अनुसार देशको पूर्वी समुद्री तटमा आठवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको हो। अमेरिका र दक्षिणकोरियाले संयुक्त सैन्य अभ्यास पूरा गरेको भोलिपल्ट उत्तरकोरियाले मिसाइल परीक्षण गरेको हो।
दक्षिणकोरियाली जोइन्ट चिफ अफ स्टाफका अनुसार प्योङयाङको सुनान इलाकामा उत्तरकोरियाले ती मिसाइल परीक्षण गरेको हो। अमेरिकाका उत्तरकोरिया मामिला हेर्ने विशेष दूत सङ किम दक्षिणकोरिया भ्रमणमा रहेका बेला उत्तरले मिसाइल परीक्षण गरेको हो।